मुम्बइमा प्रेमगीत–३ को शान ! व्यस्त सडक बान्द्रामा ठडियो पोस्टर

पाेखरा | भदौ १, २०७९

मुम्बइमा प्रेमगीत–३ को शान ! व्यस्त सडक बान्द्रामा ठडियो पोस्टर तस्बिरः पुष्प बराल

पोखराः नेपाली र हिन्दी भाषामा एकैपटक दुबै देशमा रिलिजको तयारी भइरहेको नेपाली चलचित्र प्रेमगीत–३ को पोष्टर करिब १ महिनादेखि भारतको फिल्म नगरी मुम्बइको बान्द्रारोडमा राखिएको छ । 

 

आगामी सेम्टेम्बरको २३ तारिखमा प्रेमगीतको रिलिज मिति तोकिएको छ । चलचित्रबारे भारतीय यूटु्यबरहरुले अत्यधिक प्रशंसा गरेको पाइन्छ । कतिपयले प्रेमगीत भारतीय फिल्म बाहुबलीसँग मिल्दोजुल्दो भएको प्रतिक्रिया दिएका छन् । 

 

हिन्दी भाषामा डबिङ गर्ने कलाकारहरुले यसअघि बाहुबलीमा समेत काम गरेकाले पनि यस्तो अनुमान गरिएको हो । प्रेमगीतले हिन्दी भाषामा डब गर्न करिब १ करोड रुपैयाँ खर्च गरेको भारतीय मिडियाको दाबी छ । 

 

त्यस्तै, प्रेमगीत–३ भारतका करिब १ हजार थिएटरमा लाग्ने बताइएको छ भने भारतबाट मात्रै यस चलचित्रले ३६ करोड रुपैयाँ कमाउने अनुमान गरिएको छ । 

 

‘फिल्मको पोस्टर देखेपछि भारतीयहरुले घोरिएर हेर्ने गरेको र कुन देशको सिनेमा र कलाकार हो ? भनि एकापसमा सोध्ने गरेका छन्’ हालै भारतबाट फर्किएका पुष्प बरालले बताए । 

 

भारतमा पोस्टर सार्वजनिक भएपछि भारतीयहरुले फिल्मको टिजर हेर्न थालेको र रिलिज मिति कुरिरहेको उनको ठम्याई छ । ‘बान्द्राको भिआइपी स्ट्रिटमा नेपाली फिल्मको पोस्टर देख्दा मलाई समेत गर्व लाग्यो’ बरालले भने ‘इन्डियनहरु समेत फिल्मको प्रतीक्षामा छन् ।’ 

 

प्रेमगीत–३ ले रिलिज अघि नै वितरकमार्फत ४ करोड रुपैयाँ कमाइसकेको निर्देशक सन्तोष सेनले बताएका छन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्